BBC News, नेपाली - होमपेज
मुख्य समाचार
सुरुङबाट जीवितै उद्धार गरिएकाहरूका आफन्त खुसी, ५ हजारभन्दा बढी अझै बेपत्ता
भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी गएको नौ दिनपछि त्रिशूली ३एको सुरुङमा फसेका दुई जनाको आज जीवितै उद्धार गरिएको छ। भित्र अरू मानिस खोज्ने प्रयास जारी राखिएको अधिकारीहरूले बताएका छन्।
'विज्ञहरूको रायविपरीत बोल्ड निर्णय': कृष्णभीरमा भित्तो काटेर बाटो खोलिँदै
कृष्णभीरमा बाटो अवरुद्ध हुँदा काठमाण्डू र धादिङबाट चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने यातायात ठप्प छ।
भिडिओ, बाढीपछिको अवस्थामा खानेपानीलाई कसरी पिउन योग्य बनाउने?, समयावधि 0,58
पानीलाई कसरी गुणस्तरीय खानेपानी बनाउन सकिन्छ भन्नेबारे विश्व स्वास्थ्य सङ्गठनले सात उपाय सुझाएको छ।
भिडिओ, चीनमा शक्तिशाली बाढी आउँदा भवन भत्कियो, समयावधि 0,24
चीनमा शक्तिशाली बाढी आउँदा भवन भत्किएको यो दृश्य हेर्नुहोस्।
'छोरालाई कहिले देखूँ, कहिले भेटूँ भएको छ' : सुरुङबाट उद्धार गरिएका सञ्जय साहका बुबा
बिहान उद्धार गरिएका सञ्जय साहलाई सेनाको हेलिकप्टरले नुवाकोटको बट्टार हुँदै काठमाण्डू लगेको छ।
नौ दिनपछि त्रिशूली ३ए आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार
नेपाली सेनाको नेतृत्वमा त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका मानिसहरूको उद्धारकार्य जारी छ।
बाढीपछि शिविरमा रहेका महिला र बालबालिकाको सुरक्षा र सहयोगका लागि सरकारले के गर्दै छ?
प्रहरीको तथ्याङ्क अनुसार अहिले प्रभावित जिल्लाका विभिन्न होल्डिङ सेन्टरमा ३,१२६ जना मानिसहरू रहेका छन्। तीमध्ये करिब ५० प्रतिशत महिला रहेको प्रहरीले जनाएको छ।
काठमाण्डूमा 'कृत्रिम' मूल्यवृद्धि, अनुगमन बढाइएको सरकारको भनाइ
राजधानी जोड्ने मुख्य सडक अवरुद्ध भएपछि काठमाण्डूमा विभिन्न उपभोग्य वस्तुमा कृत्रिम अभाव तथा मूल्यवृद्धि गराइएको गुनासो आएका छन्।
त्रिशूली ३एको सुरुङभित्र फसेका मानिससम्म 'उद्धारकर्मीहरू २-३ घण्टामा पुग्ने आशा'
त्रिशूली थ्रीएमा फसेका मानिसहरूबाट आवाज आएको भन्दै उनीहरूलाई अबको दुई तीन घन्टाभित्र उद्धार गर्न सकिने आशा त्यहाँ रहेका नेपाल विद्युत प्राधिकरणका एक अधिकारीले बताएका छन्।
अनि यो पनि
परिवारजनले बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न थाले, धर्मगुरु र मनोविद् के भन्छन्?
भोटेकोशी-त्रिशूली बाढीमा परेकाको अन्तिम संस्कार गरिएको घटनालाई लिएर सामाजिक सञ्जालमा कतिपयले 'परिवारजनले अनावश्यक हतार गरेको' वा 'केही दिनसमेत कुर्न नसकेको' टिप्पणी गरे पनि धर्मशास्त्रीहरू भने त्यस्ता कार्य धर्मशास्त्रअनुकूल नै रहेको बताउँछन्।
सुरुङभित्र फसेकाहरूलाई किन निकाल्न सकिएन
भोटेकोशी-त्रिशूली बाढीपछि कैयौँ दिनको प्रयासबाट पनि जलविद्युत्को सुरुङमा फसिरहेको ठानिएका १५० जनाभन्दा धेरै मानिसहरूसम्म उद्धारकर्मी किन पुग्न सकिरहेका छैनन्?
सुरुङभित्र फसेको ठानिएका मानिसहरू कस्ताकस्ता ठाउँमा थिए
बीबीसीले सुरुङमा र सुरुङबाट मात्रै प्रवेश गर्न सकिने उत्पादन केन्द्रभित्र फसेका मानिसहरूको सङ्ख्या १७० भन्दा धेरै रहेको सम्बन्धित आयोजना र सरकारी अधिकारीहरूसँगको कुराकानीबाट थाहा पाएको छ। उनीहरू कहाँ र कस्तो ठाउँमा काम गरिरहेका थिए?
रसुवा बाढीपछि हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै 'ठूलो अपरेशन', पाइलटहरू कसरी गर्दै छन् काम
साँघुरो हवाईमार्ग, पाइलटहरूबीचकै आपसी समन्वयको भर र संवेदनशील मानवीय सङ्कटमाझ रसुवा बाढीपछिको उद्धार र राहतकार्यमा हे लिकप्टर पाइलटहरूको भूमिका कस्तो छ?
'हेलिकप्टर पठायौँ तर कोही फेला परेन': बाढीपछि उद्धार संयन्त्रलाई नै 'अलमल्याउने गरी' भ्रामक सूचनाको भेल
सामान्यतया राजनीतिक हिंसा वा प्रदर्शन, हवाईजहाज दुर्घटना तथा प्राकृतिक विपद्का बेला भ्रामक सूचनाहरू अधिक फैलिन्छन्। अहिलेको अवस्था कस्तो छ?
थप समाचार
बीबीसी विशेष
४१ वटा मोटर चल्ने र ४५ वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनेपछि विकल्पमा बेलिब्रिज
बाढीले पुल बगाएका स्थानमा अधिकारीहरूले कतै तत्काल बेलिब्रिज जडानको प्रक्रिया सुरु गरेका छन् भने कतै अझै विभिन्न विकल्प हेरिरहेका बताएका छन्।
बाढीमा नष्ट भएका सरकारी कागजपत्र फेरि कसरी बनाउन सकिन्छ?
भोटेकोशी-त्रिशूली बाढीमा सयौँ निजी घर र सरकारी कार्यालयहरू बगेका छन्, त्यससँगै नष्ट भएका नागरिकका सरकारी कागजातहरू फेरि बनाउन कति सहज हुन्छ?
'अहिले त गाउँ छैन, घर छैन, कमाएर खाने ठाउँ छैन': सुरुङबाट भागेर बाँचेकाहरूको पीडा
प्रवेशद्वारको केही सय मिटरभित्र काम गरिरहेका करिब ५०-६० जना मजदुरहरूले अर्को तर्फको प्रवेशद्वारबाट बाढी पस्यो कि हुरी, सुरुमा ठम्याउन सकेनन्।
जलविद्युत् आयोजनाका सुरुङ किन 'जोखिम'मा हुन्छन्?
रसुवा बाढीपछिको मुख्य उद्धार प्रयास हाल सुरुङमा केन्द्रित रहँदा अधिकारी तथा विज्ञहरूले जलविद्युत् सुरुङभित्रको जटिलताबारे बीबीसीसँग कुरा गरेका छन्।
चार जनाको सूचना जसले ९०० स्कूले विद्यार्थी बचाउन सघायो
बाढी आउँदा कक्षा ८ देखि १२ सम्मका ९०० जनाभन्दा धेरै विद्यार्थी त्रिभुवन त्रिशूली विद्यालयमा थिए। त्यस बेला विद्यालयमा करिब ३० जना शिक्षक र कर्मचारी थिए। दोस्रो सत्रका लागि थप विद्यार्थी लिएर दुईवटा बसहरू विद्यालयतर्फ फर्कँदै थिए।
विज्ञान तथा प्रविधि
'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले डीपफेक प्रविधिको बीजारोपण गरेको मानिन्छ।
बेसारका फाइदासम्बन्धी दाबीहरू कति सत्य, कति भ्रम
खाने परिकारलाई मिठो बनाउनुका साथै विश्वकै प्राचीन र धेरै मन पराइएको बेसारको स्वास्थ्यलाई फाइदा चाहिँ के कति?
तिघ्रा ठूलो हुँदा के त्यसले तपाईँलाई धेरै बाँच्न मद्दत गर्छ?
बढ्दो प्रमाणहरूले तिघ्राको मोटाइ र लामो आयुमा सम्बन्ध भएको सुझाएको छ।
'छ वर्षमै मेरो महिनावारी भयो तर डाक्टरहरूले किन भन्ने थाहै पाएनन्'
प्रिकोशस प्यूबर्टीले बालबालिकामा यौवनावस्था सुरु भएका सङ्केतहरू सामान्य समयअगावै देखाउँछ र यो बालिकाहरूमा अझ बढी देखिएको छ।
शरीरबाहिर आन्द्रा भएको 'चमत्कारी' शिशुको उपचार गर्न आमाको गर्भाशयमै शल्यक्रिया
'ग्यास्ट्रोस्किसिस' नामक समस्यासँगै जन्मिन लागेका एक शिशुलाई सुरक्षित जन्माउन डाक्टरहरूले आमाको गर्भमै हुँदा शल्यक्रिया गरेका छन्।
